काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेकपा अध्यक्ष प्रचण्डले सुरु गरेको बैठक औपचारिक नभएको बताएका छन् ।
नेता नेम्वाङले मंगलवार ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक बिहानै स्थगित भइसकेको बताउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुरू गरेको बैठक औपचारिक नभएको बताएका हुन् ।
‘स्थायी कमिटी बैठक त महासचिवले बिहानै स्थगित गर्नुभएको हो, नेताहरू भेला हुनुभएको हो,’ उनले भने, ‘औपचारिक बैठक होइन, एक जनाले राख्दैमा बैठक हुन्छ र ? उनले प्रश्न गर्दै भने ।
मंगलवार दिउँसो २ बजेदेखि प्रचण्डले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक बालुवाटारमै राखेका छन् ।




प्रतिक्रिया