‘इनफ इज इनफ’ अभियानमा १४ जनाले गरे ऐक्यवद्धता

‘इनफ इज इनफ’ अभियानमा १४ जनाले गरे ऐक्यवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आम नेपाली नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी ‘इनफ इज इनफ’ अभियानप्रति १४ जनाले ऐक्यवद्धता जाहेर गरेका छन् । महामारीको प्रभावकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्यसहित अभियन्ताद्वय ईः र समैरा श्रेष्ठ विना खाना र पानी ११ दिन यता सत्याग्रहमा छन् ।

उनीहरूले सत्याग्रही ईः र समैराको संवेदनशील स्वास्थ्य स्थितिसमेतलाई मध्यनजर गर्दै, अभियानका जिम्मेवार मागहरू अबिलम्ब सम्बोधन गर्न सरकारलाई आह्वान गरेका छन् । प्रत्येक नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको ध्यानाकर्षण गराउँदै, अन्यथा स्थिति उत्पन्न हुन गएमा सरकार नै पूर्ण जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनीहरूले भनेका छन्, ‘अभियानका माग र वार्ताप्रति सरकार गम्भीर नदेखिनु चिन्ताको विषय बनेको छ । सरकारको उदासीनता निन्दनीय छ । शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा युवाहरूको स्वतःस्फूर्त सहभागिता स्वागतयोग्य घटनाक्रम हो । यसै पनि युवाहरूको जिम्मेवार पहल सरकारकै सहयोगमा छ, देश र नागरिकको हितमा छ ।’

यी हुन इनफ इज इनफ’ अभियानमा ऐक्यवद्धता जाहेर गर्नेहरुः

१. अश्मिना रन्जित
२. करुण थापा
३. गणपति लाल श्रेष्ठ
४. जीवन बहादुर शाही
५. डा. धवल शमशेर राणा
६. नबिन के भट्टराई
७. बबिना मोक्तान लावती
८. बिराज भक्त श्रेष्ठ
९. याद्धव लाल कायस्थ
१०. डा. राजेश अहिराज
११. विकास रौनियार
१२. विमल अधिकारी
१३. विष्मुजंग बस्नेत
१४. सलिल सुवेदी
१५. प्रा. डा. सितु लाल श्रेष्ठ