नेता कामरेडहरु ! पद र कुर्सीको होइन, देश र जनताको चिन्ता गर्नुस्ः शान्ता चौधरी

नेता कामरेडहरु ! पद र कुर्सीको होइन, देश र जनताको चिन्ता गर्नुस्ः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले नेतृत्वमा रहेका नेताहरुलाई देश र जनताको बारेमा चिन्ता गर्न आग्रह गरेकी छन् ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुलाई जानकारी नै नगराई स्थगित गरेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले असन्तुष्ट जनाइरहेका बेला सामाजिक सञ्जालमार्फत सांसद चौधरीले देशभरका कार्यकर्ता चिन्तित रहेको बताउँदै पद र कुर्सिको नभई देश, जनता र पार्टीको चिन्ता गर्न आग्रह गरेकी हुन् ।

पार्टी दुर्घट्नामा गयो भने नेपाली जनतामा निराशा छाउने र शहिदको रगतले सराप्ने बताएकी छन् । ‘यदि पार्टी दुर्घटनामा गयो भने शहीदको रगतले सराप्ने छ, कार्यकर्ताको आँशुले धिकार्ने छ,’ उनले भनेकी छन्, ‘जनताको मतले प्रश्न गर्नेछ, नेपाली जनतामा निराशा छाउने छ ।’

उनले नेतृत्वमा रहेका नेताहरुलाई बेलैमा बुद्धि पुर्‍याउनुपर्ने भन्दै नयाँ पुस्ताको भविष्यमाथि आगो नझोस्न समेत आग्रह गरेकी छन् । नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला उनले सबै मिलेर उपयुक्त निकास निकाल्न सुझाव दिएकी छन् ।