भीम रावलको प्रश्नः एमसीसीबाट ११ अर्ब लिए के देश डुब्छ ?

भीम रावलको प्रश्नः एमसीसीबाट ११ अर्ब लिए के देश डुब्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुदान सहयोगको विरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता रावलले उनले एमसीसीबाट पाउने भनिएको वार्षिक करिब ११ अर्ब नलिए देश नडुब्ने बताएका छन् ।

‘एमसीसीबाट पाउने भनिएको वार्षिक करीब ११ अर्ब रुपैयाँ नलिए के देश डुब्छ ? के ११ अर्बमा देशको स्वाधीनता आत्मनिर्णयको अधिकारमाथि आघात पार्न दिने ? आफ्नो साधन र श्रोतको सदुपयोग गरौं राष्टि राष्ट्रिय हित र स्वाधिनताको रक्षा गरौं ।

नेपालमा कूल बेरुजु रकम ६ अर्ब ६४ अर्ब ४४ करोड, बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोड, कारबाही टुंगो लगाउनुपर्ने २ खर्ब ४६ अर्ब १२ करोड रहेको छ । गत आ.व. को असुल गर्ने २४ अर्ब ३२ करोड अनियमित भएको ६२ अर्ब १८ करोड, पेश्की बाँकी ४६ अर्ब ४९ करोड र जम्मा बेरुजु १ खर्ब ३२ अर्ब ९८ करोड रहेको उनले उल्ल्ेख गरेका छन् ।