प्रचण्डले प्रधानसेनापति नियुक्त गरेका पूर्वरथी खड्काको निधन

प्रचण्डले प्रधानसेनापति नियुक्त गरेका पूर्वरथी खड्काको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६९ वर्षको उमेरमा निधन भएको छ । खड्काको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

खड्कालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

तर तत्कालीन राष्ट्रपति रामवरण यादवले अस्वीकार गर्दै त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनु परेको थियो ।

खड्काले ३९ वर्षसम्म नेपाली सेनाका विभिन्न पदमा रहेर काम गरे । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।