गृहमन्त्रीलाई प्रदेशका मन्त्रीकाे प्रस्ताव : प्रदेश प्रहरी प्रमुखमा एआईजी राखौं !

गृहमन्त्रीलाई प्रदेशका मन्त्रीकाे प्रस्ताव : प्रदेश प्रहरी प्रमुखमा एआईजी राखौं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेशका मन्त्रीहरुले प्रदेश प्रहरी प्रमुखमा एआईजी राख्नुपर्ने माग गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलसँग मन्त्रालयमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले प्रदेश प्रहरी प्रमुखमा एआईजी नै राख्नुपर्ने अडान राखेका हुन् ।

‘उहाँहरुले प्रदेश प्रहरी प्रमुखमा एआईजी राख्नुपर्ने प्रस्ताव गर्नुभयो । अहिले प्रदेश प्रहरी प्रमुखमा  डिआईजी नै रहेकाले त्यस विषयमा कुनै पनि प्रस्ताव अगाडि बढेको छैन्’, गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले भने ।

जवाफमा गृहमन्त्री बादलले यस विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए । सात वटै प्रदेशका मन्त्रीहरुले प्रदेशमा एआईजी राख्न दबाब दिँदै आइरहेको स्रोतले जानकारी दियो ।