काठमाण्डु – समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ खाएकी छन् ।
सभामुख अग्नि सापकोटाले आज बुधबार एक बजे संघीय संसदको सचिवालयस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सिटौलालाई सपथ ग्रहण गराएका हुन् ।
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया