केन्द्रीय कमिटी बैठकको माग गर्दै महासचिव पौडेललाई ज्ञापनपत्र

केन्द्रीय कमिटी बैठकको माग गर्दै महासचिव पौडेललाई ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यले महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

नेकपा स्थायी समिति बैठकको मिति सर्दै गएपछि नेताहरुले केन्द्रीय कमिटीको बैठक माग गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेका हुन् ।

केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले महासचिवलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । ‘हामी केहीबेरमा महासचिवलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारीमा छौं’, उनले भने, ‘लगातार स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा केन्द्रीय कमिटी बेठक बोलाएर पार्टीको समस्या हल गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’

ठाकुर गैरे, रामकुमारी झाँक्री, हिमाल शर्मा, जगन्नाथ खतिवडालगायतका केन्द्रीय कमिटी सदस्यहरुले ज्ञापनपत्र बुझाउँदैछन् ।