काठमाण्डुका १४ सहित २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डुका १४ सहित २१० जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा काठमाडौंका १४ र भक्तपुरका १ जनासहित २ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १४६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।