काठमाण्डु – कोरोना भाइरस संक्रमण परीक्षणको दायरा फराकिलो बनाउन सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षणको अनुमति दिएपछि विध म्यानेजमेन्टले बिहीबारदेखि शुल्क लिएर पीसीआर परीक्षण गर्ने भएको छ ।
ललितपुरको कुपन्डोलमा रहेको सो प्रयोगशालाले पाँच घण्टामै नतिजा उपलब्ध गराउने जनाएको छ । प्रयोगशालाले परीक्षण गर्नका लागि चार हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।
‘कोभिड–१९ को परीक्षणको लागि जनतालाई छिटो छरितो एवं सर्व शुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नो तर्फबाट यथासम्भव सहकार्य गर्ने’ विथ म्यानेजमेन्टले जनाएको छ ।




प्रतिक्रिया