बिहीबार कुन राशिको भाग्यफल कस्तो छ ?

बिहीबार कुन राशिको भाग्यफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल साउन १५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ३० तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । तरपनि बैक तथा बित्तिय सस्थामा गरीएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।साझेदारी व्यापार व्यावसायबाट सामान्य नाँफा कमाउन सकिनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी वीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । आकश्मिक धन तथा सम्पती लाभ हुने योग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ ।घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ ।  आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रागर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् ।सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् ।व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी पानि,आद्यान्न तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।