प्रहरी मुख्यालयमै कोरोना जोखिम बढ्यो, थप ९ प्रहरी संक्रमित

प्रहरी मुख्यालयमै कोरोना जोखिम बढ्यो, थप ९ प्रहरी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमित ४४ जना पुगेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थपिएका ९ जना संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए । अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेका छन् ।

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको प्रवक्ता कडायतले जानकारी दिए । यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ । संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।