केपी ओलीबाट धोका पाइरहें, ६ बुँदे प्रस्ताव स्वीकार गर्नु भएनः वामदेव गौतम

केपी ओलीबाट धोका पाइरहें, ६ बुँदे प्रस्ताव स्वीकार गर्नु भएनः वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई साथ दिएर धोका पाएको गुनासो गरेका छन् ।

बिहीबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका केन्द्रीय कमिटी सदस्यहरुसँग उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले धोका दिएको गुनासो पोखेका हुन् ।

‘केपी ओलीलाई साथ दिएर धोका पाइरहें । अहिले पार्टी एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव ल्याएको कुरा अध्यक्षद्वय केपी र प्रचण्डले स्वीकार गर्नु भएन’, गौतमको भनाई उद्धृत गर्दै एक केन्द्रीय कमिटी सदस्यले भने, ‘अन्य सदस्यहरुले पनि स्वीकार गर्नुभएजस्तो लागेन । पार्टी एकता जोगाउन उर्पयुक्त ठानेर उक्त प्रस्ताव अघि सारेको थिएँ ।’

त्यस्तै उनले प्रधानमन्त्री अ‍ोलीले पार्टीमा मनलाग्दी गर्न थालेको बताएका छन् । उनले अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोली नेताहरुको कुरा नसुन्ने गरेको बताएका थिए ।

‘उहाँले पार्टी फुट्नबाट जोगाउन आफू जस्तो सुकै रिस्क लिन तयार रहेको बताउनु भयो’, ती सदस्यले भने, ‘प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आएर फेस गर्न नसकेको भन्दै यसले पार्टी एकतालाई अफ्ठेरो पार्ने बताउनुभयो ।’

उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले पाँच वर्ष नै ओली प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टी अध्यक्ष रहने प्रस्ताव ल्याएका थिए ।

‘प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रि तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गनूपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने’, उनले प्रस्तावमा भनेका थिए ।