सुन, चाँदी र पेस्तोल फालेर भागेको स्कार्पियो गाडी भेटियो

सुन, चाँदी र पेस्तोल फालेर भागेको स्कार्पियो गाडी भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनचाँदी र पेस्तो फालेर भागेको भनिएको स्कार्पियो गाडी भेटिएको छ ।

प्रहरीले मंगलबार काठमाण्डुको कमलपोखरीमा चेकजाँचका क्रममा १५ केजी सुनचाँदी र २ पेस्तोल छाडेर भागेको बा ६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नख्खिपोटमा बन्दै गरेको घरको कम्पाउन्डभित्र त्रिपालले छोपेर राखिएको अवस्थामा भेटाएको हो ।

गाडीसँगै फरार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई प्रहरीले पूर्वी नवलपरासीबाट बिहीबार बिहान पक्राउ गरेको छ । व्यक्ति पक्राउ गरे पनि गाडी भने सम्पर्कमा नआएका कारण प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो।

ही क्रममा बिहीबार दिउँसो प्रहरीले नख्खिपोटमा गाडी फेला पारेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।