काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सेतीमहाकाली ब्यूरोले बैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधिनताका राजनैतिक कार्यक्रमसहित संघर्षरत क्रान्तिकारी शक्तिमाथि भइरहेको घोर प्रतिक्रियावादी, फाँसीवादी र साम्राज्यवाद परस्त यस्ता हर्कतहरु तत्काल रोक्न आग्रह गरेको छ ।
ओली सरकारले आफ्ना दूतमार्फत वार्ताको भ्रमजाल थाप्ने र अर्कोतिर आफ्ना कार्यकर्ताहरु पक्राउ गरेकोमा आपत्ति जनाउँदै ब्यूरोले राज्य आतंक बन्द गर्न, पार्टीमाथि लगाइएको कथित प्रतिबन्ध खारेज गरि राजनैतिक गतिविध निर्वाध रुपमा सञ्चालन गर्न दिन, गिरफ्तार भएका नेता तथा कार्यकतालाई निशर्त सम्मानसहित रिहा गर्न माग गरेको छ ।
‘बालुवाटारको प्रत्यक्ष निर्देशनमा कथित सिआईबी तथा आरआईटी नामको गिरोहलाई ब्यक्ति हत्यासम्मको निर्देशन दिएर कैलाली कञ्चनपुर लगायत नौवटै जिल्लामा परिचालित गर्नु ओली सरकारको चाल आपत्तिजनक, अराजनैतिक र अक्ष्यम्य खालको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘विशेषगरी कथित सिआईबी नामका टोलीले हाम्रो पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताको घरमा गई खानतलासी गर्ने, महिला तथा बालबालिकालाई आतंकित पार्ने, सर्वसाधारण व्यापारी तथा ज्यालादारी श्रमिक मजदूरलाई समेत गरिफ्तार गर्नेजस्ता घृणित कामहरु ओली सरकारबाट भइरहेको छ ।’
ओली सरकारले नेपाली समाजवादी र प्रतिक्रान्तिको राजनैतिक प्रक्रियामा चेङ्काई सेक पथमा उन्मुख ओली सरकारको राज्य आतंकले ब्यूरोमा सिमा नाघेको भन्दै बालुवाटारबाट परिचालित कथित सिआईबि र आर.आई.टी नामको आतंककारी जत्थालाई तुरुन्त फिर्ता लैजान चेतावनी दिएको हो ।
कैलालीमा जनताबाट निर्वाचित मेयर तथा अध्यक्षले नै सुराकीको काम गरिरहेको प्रमाण भेटिएको र कतिपय सरकारी कर्मचारीनै सुराकीको भुमिकामा रहेको बुझिन आएको भन्दै पार्टीले अहिरो अध्ययन सुरु गरेको बताएको छ ।





प्रतिक्रिया