भुसको आगो सल्किएझै संक्रमण फैलिएका बेला सरकार भने बालुवाटारको पर्खालभित्र निन्द्रामा मस्तः गगन थापा

भुसको आगो सल्किएझै संक्रमण फैलिएका बेला सरकार भने बालुवाटारको पर्खालभित्र निन्द्रामा मस्तः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा ब्यस्त रहेको भन्दै कोरोना नियन्त्रणमा ध्यान नदिएको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले केही दिन यता कोरोना संक्रमणको दर ह्वात्तै बढे पनि प्रधानमन्त्रीकाे ध्यान भने कोरोना भाइरस नियन्त्रण गर्नतिर नभएर पार्टीको खिचातानीमा ब्यस्त भएको बताएका हुन् ।

उनले भुसको आगो सल्किए झै संक्रमण फैलिएको बेला सरकार भने बालुवाटारको पर्खालभित्र मस्त निन्द्रामा निदाईरहेको उल्लेख गरेका छन् ।त्यस्तै उनले स्वास्थ्यमन्त्री काम नगरेर भजन गाउन मात्र मस्त भएको पनि आरोप लगाएका छन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त । भुसको आगो झै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ । सरकार अब अति भो !’ केही दिन यता कोरोना संक्रमणको दर पनि ह्वात्तै बढेको छ ।