बसको ठक्करबाट प्रहरी हवल्दार थापाको मृत्यु

बसको ठक्करबाट प्रहरी हवल्दार थापाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसले ठक्कर दिँदा प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।