रञ्जु दर्शनासहित ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ

रञ्जु दर्शनासहित ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारविरोधी प्रद्धर्शन गर्दै बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै प्रद्धर्शनसहित बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनासमेत रहेकी छन् । प्रहरीले भिभिन्न क्षेत्रमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरुलाई पनि नियन्त्रणमा लिएको छ ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धताहरु पूरा नभएपछि उनीहरुले पुनः सत्याग्रहसहितको आन्दोलन शुरु गरेका छन् ।