काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १५१ जना निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन् । त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।




प्रतिक्रिया