व्यक्तिगत र ब्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमण स्वीकार्य छैनः मन्त्री भट्टराई

व्यक्तिगत र ब्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमण स्वीकार्य छैनः मन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।

  सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री भट्टराईले पुरातात्विक पक्षको संरक्षण गर्ने बताउँदै स्थानीय जात्रा र पर्वको पनि जगेर्ना गर्ने बताएका हुन् । साथै उनले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगर्ने बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव तयार पारेको भन्दै त्यस क्षेत्रका स्थानीयवासीले विरोध गर्दै आइरहेका बेला मन्त्री भट्टराईले यस्तो घारणा सार्वजनिक गरेका हुन् ।

उनले व्यक्तिगत र व्यापारिक अतिक्रमण स्विकार नगर्ने प्रस्ट पार्दै असहमतिबारे सरकार सबैसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ’, मन्त्री भट्टराईले लेखेका छन्, ‘व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भाइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन्। कुरा यहि हो।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ ।’

पशुपति क्षेत्र विकास कोषले त्यार गरेको गुरुयोजनाविरुद्ध स्थानीयहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् ।