काठमाण्डु – उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुका ५ र भक्तपुरका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ ।




प्रतिक्रिया