धनुषा – प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक सर्लाही ईश्वरपुर नगरपालिका–९ बयलबासका ३२ वर्षीय रामविश्वास पटेललाई लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया