शालिकरामको प्रस्तावः पूर्वमाअ‍ोवादीका नेता कमरेड प्रचण्डको वरिपरि एकताबद्ध बनौं

शालिकरामको प्रस्तावः पूर्वमाअ‍ोवादीका नेता कमरेड प्रचण्डको वरिपरि एकताबद्ध बनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शालिकराम जम्कट्टेलले पार्टी एकता जोगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि रहेर एकताबद्ध हुन पूर्बमाओबादीका नेताहरुलाई आग्रह गरेका छन् ।

पछिल्लो समय नेकपाभित्र देखिएको विवादमा पूर्वमाओवादी समूहका केही नेता अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहमा गएपछि बागमती प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका नेता जम्कट्टेलले पार्टीभित्र प्रचण्डलाई कमजोर बनाए एकता बलियो नहुने बताएका छन् ।

‘कतिपय स्थायी समितिका सदस्य कमरेडहरूको भावना राम्रै होला तर अध्यक्ष कमरेडको त्यत्रो त्यागलाई अपमान गर्ने, उहाँको कुरा नसुन्नेले तपाईंहरूको कुरा पत्याएर एकता जोगाईदिनु हुन्छ’, उनले भनेका छन्, ‘समिकरणले बिग्रिएको छैन । समिकरण बनाउन कोशिस कसले गरेको छैन ? अध्यक्ष कमरेड प्रचण्डको प्रबृति अहिलेको पार्टीको समस्या होईन ? बिगतका ईतिहासहरू साक्षी छन् ।’

त्यस्तै उनले अध्यक्ष प्रचण्ड नेकपाको समस्या नभई समाधान भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री अ‍ोली समूहमा गएका लेखराज भट्ट लगायतका नेताहरुलाई लक्षित गर्दै उनले स्वार्थका पछि नलाग्न पनि आग्रह गरेका छन् ।

‘उहा त समाधान हो । अन्तरसंघर्ष हुदाँ बिचमा बसेर खेल्ने , एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने , प्रतिशोध साध्ने प्रबृति देखिन्छ । त्यो अबसरबाद हो । त्यो प्रबृति समाप्त हुन्छ’, उनले भनेका छन्, ‘अहिलेको पार्टीको अन्तरसंघर्ष बैचारिक नै हो । हामी आफूलाई कुन बिचारमा उभ्याउने ? समाजबादमा पुग्ने बैचारिक आधार कुन हो ? कमिकमजोरीको समिक्षा गर्दे जाउँला पुर्वमाओवादी पक्ष अध्यक्ष कमरेड प्रचण्डको वरिपरि एकताबद्ध बनौं । उहाँले अगाडी बढाउने सबै कदमहरूलाई साथ दियौं । संकटको बेलामा मौन भएर कोही पनि नबसौं । यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ । तब मात्रै पार्टी एकता जोगिने छ ।’

त्यस्तै उनले अध्यक्ष प्रचण्डलाई किन कमजोर बनाउन खोजिँदैछ भन्दै प्रश्न गरेका छन् ।

‘स्थायी समिति र केन्द्रीय समितिका नेताहरू किन चुप लागेर बसेका छन ? अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ?’, उनले प्रश्न गरे ।