काठमाण्डुमा कोरोना संक्रमण विस्फोटक हुनसक्छः स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डुमा कोरोना संक्रमण विस्फोटक हुनसक्छः स्वास्थ्यमन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काठमाण्डु उपत्यका कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिममा रहेको बताएका छन् । मन्त्री ढकालले काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै स्वास्थ्यमन्त्री ढकालले काठमाण्डुमा कोरोना संक्रमण विस्फोटक हुने चेतावनी दिएका छन् ।

‘बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने र पिसिआर परीक्षणलाई बढाउने तयारी छ,’ मन्त्री ढकालले भने ।

उनले काठमाण्डुजस्तो ठूलो जनघनत्व रहेको वस्तीमा संक्रमण सल्कियो भने त्यो नियन्त्रण बाहिर जाने बताए । ‘काठमाण्डुमा आगोजसरी सल्कियो भने त्यो अरु गाउँमा वा सानो सहरमाभन्दा विस्फोटक हुनसक्छ’, उनले भने ।

उनले सरकारले दैनिक १८ हजार पिसिआर परीक्षण गर्नसक्ने दाबी गर्दै कम्तिमा ६ लाख व्यक्तिको परीक्षण गर्ने बताए ।

सरकारले लागू गरेका मापदण्डहरुलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा पुगेको मन्त्री ढकाल बताउँछन्

‘लकडाउन खुकुलो भएपछि प्रत्येक दिन संक्रमित ठाउँबाट मान्छेहरु आएको कुरा नाकामा परीक्षण गर्दा पुष्टि भएको छ,’ उनले भने ।

उनले संक्रमण बढी देखिएका जिल्लाहरूलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्लास्तरीय लकडाउन कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिनुपर्ने बताए ।

‘वीरगञ्जमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ शिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ ।

उनले सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि सङ्क्रमणको स्थिति बढ्ने अवस्था देखिएको बताए ।

उनले सरकारले अहिले सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्ने क्षमता रहेको र कुल ६ लाख जनाको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित तयारी अवस्थामा रहेको बताए ।

उनले लकडाउन खुकुलो भएसँगै मानिसहरु गाडी चढेर काठमाण्डु उपत्यका भित्रिने गरेको बताए ।