प्रधानमन्त्रीसँगको भेटबारे खुमलटारमा अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’

प्रधानमन्त्रीसँगको भेटबारे खुमलटारमा अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बैठकबारे ब्रिफिङ गरेका छन् । बैठक अझै जारी छ ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग बालुवाटारमा भएको वार्ताबारे अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई खुमलटारमा बोलाएर ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आजको भेट सकारात्मक रहेको ब्रिफिङ गरेका छन् । आजको भेटमा अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले चैतमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

अध्यक्ष अ‍ोलीले पार्टीलाई विधि र विधानअनुसार चलाउने भन्दै यस्तो प्रस्ताव अगाडि सारेका थिए । आजको बैठकमा प्रधानमन्त्री ओली नेकपाभित्रको विवाद समाधानका लागि लचिलो भएका हुन् । उनले पार्टी विधानअनुसार नै महाधिवेशन गर्ने बताएका छन् ।

आजको भेट सकारात्मक रहेकाले भोली पुनः दुई जना अध्यक्ष बसेर पार्टीभित्रको समस्या समाधान गर्ने स्रोतले जानकारी दियो । आजको छलफलमा नेकपा स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठकबारे पनि छलफल भएको थियो । स्थायी कमिटी बैठक बोलाउने विषयमा सहमति भइसकेको छैन् ।

गत असार १८ गतेबाट स्थगित नेकपा स्थायी कमिटी बैठक एक महिना बितिसक्दा पनि अझै बस्न सकेको छैन् । प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्नेस्थायी कमिटी सदस्यहरुले माग गरेपछि नेकपाभित्रको विवाद अझै समय हुन सकेको छैन् ।