समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उनले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ रहेको भन्दै उनले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताए ।

आजको सञ्चारको क्रान्तिले मानव जीवन सहज बनाएको उल्लेख गर्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पु¥याउन सकिने भन्दै आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उपलब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताएका हुन् ।

उनले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी/व्यवसायीलाई आग्रह गरेका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले लघु, घरेलु तथा साना उद्योगी आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताए ।

कृषि, गैह्रकाष्ठजन्य वन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य वस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महँगा पत्थर), पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधिलगायत स–साना जलविद्युत्मा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्नेतर्फ पर्याप्त ध्यान दिन नसककोतर्फ उनले ध्यानाकर्षण गराएका थिए ।