काठमाण्डु – प्रदेश नम्बर १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका २ जना सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई डेढ हप्ताअघि दुई दिनजति ज्वरो आएपछि आइतबार कोरोना परीक्षण गरिएको थियो । विराटनगर बस्दै आएका उनीसहित परिवारका सदस्यहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।
ज्वरो आएपछि उनले सिटामोल खाएका थिए । ज्वरो निको भएपनि कोरोना आशंकामा उनले घरमै आइसोलेसन बसिरहेका थिए ।
आचार्यले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि उनी नियमित कामहरुमा सहभागी थिए ।
कार्यालयको काम र बैठकहरुमा सहभागी भएकोले उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । उनले सुरक्षाकर्मीबाट सरेको हुनसक्ने आशंका गरेका छन् ।




प्रतिक्रिया