नेपालमा कोरोनाबाट थप एक जना वृद्धको मृत्यु

नेपालमा कोरोनाबाट थप एक जना वृद्धको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ का स्थायी बसोबास गर्दै आएका वृद्धको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

मृतक वृद्ध मधुमेह रोगबाट पीडित थिए । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।