एसिड प्रहारको घटनामा आफन्त धेरैः आईजीपी थापा

एसिड प्रहारको घटनामा आफन्त धेरैः आईजीपी थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी ) शैलेश थापा क्षेत्रीले एसिड प्रहारको घटनामा परिवारका सदस्य वा नजिकका आफन्त धेरै रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै आईजीपी थापाले बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको बताएका छन् ।

आईजीपी थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको उल्लेख गरेका छन् ।