काठमाण्डु – वि.सं.२०७७ साल साउन २० गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट ०४ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जागीर पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ । सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ ।




प्रतिक्रिया