लकडाउन खोलेपछि कोरोना संक्रमण भयावह बन्दै, प्रधानमन्त्रीले जनस्वास्थ्य विज्ञलाई बालुवाटार बाेलाए

लकडाउन खोलेपछि कोरोना संक्रमण भयावह बन्दै, प्रधानमन्त्रीले जनस्वास्थ्य विज्ञलाई बालुवाटार बाेलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे जनस्वास्थ्य विज्ञहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस संक्रमण र नियन्त्रणबारे छलफल हुँदैछ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकाले यसबारे थप रणनीति तय गर्न प्रधानमन्त्रीले परामर्श थालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीबारे छलफल हुन लागेको पुष्टि गरेका छन् । उनले आजको बैठकमा लकडाउनबारे पनि छलफल हुने जानकारी दिए ।

पछिल्लो समय सरकारले लकडाउन खोलेपछि मानिसहरुको चहलपहल झनै बढेको र कोरोना संक्रमण पनि बढ्दै गएकाले प्रधानमन्त्रीले परामर्श थालेका हुन् ।