कोरोना नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल, सभापति देउवा पनि सहभागी

कोरोना नियन्त्रणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल, सभापति देउवा पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे जनस्वास्थ्य विज्ञहरुसँग छलफल सुरु गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस संक्रमण र नियन्त्रणबारे छलफल सुरु भएको हो । आजको छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकाले यसबारे थप रणनीति तय गर्न प्रधानमन्त्रीले परामर्श थालेका हुन् । बैठकमा पुनः लकडाउन गरेर कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पछि छलफल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीबारे छलफल भएको पुष्टि गरेका छन् ।

पछिल्लो समय सरकारले लकडाउन खोलेपछि मानिसहरुको चहलपहल झनै बढेको र कोरोना संक्रमण पनि बढ्दै गएकाले प्रधानमन्त्रीले परामर्श थालेका हुन् ।