प्रतिपक्षीलाई प्रधानमन्त्रीले भनेः यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध !

प्रतिपक्षीलाई प्रधानमन्त्रीले भनेः यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई कोरोना भाइरसको महामारीलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरेका छन् ।

मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामबारे छलफल गर्न बालुवाटारमा प्रतिपक्षी दल र विज्ञसहितको टोलीसँग प्रधानमन्त्री ओलीले सरकार बाहिर रहेका दलहरुले संकटलाई विरोध गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको बताएका हुन् ।

‘कोरोनाको संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध गर्ने’, उनले बैठकमा भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी सबैको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

‘महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न’, प्रधानमन्त्रीले भने ।

आजको बैठकमा जनस्वास्थ्य विज्ञसहित कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागि छन् ।