काठमाण्डु – बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही दिनयता मनसुन केही कमजोर भए पनि पूर्णरुपमा निष्क्रिय छैन । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै राति पनि देशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।




प्रतिक्रिया