पर्सामा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्सामा गत सोमबार राति मृत्यु भएकी युवतीमा काेराेना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालले जनाएकाे छ ।

नेशनल मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हाे ।

सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।