वीरगञ्ज – नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान कोरोनाका कारण मृत्यु भएको हो ।
पछिल्लो समय ज्वरो र खोकी देखिएपछि १८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १९ गते कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले बताए ।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार ती पुरुष मधुमेहका रोगी थिए ।




प्रतिक्रिया