काठमाण्डु – सरकारले सिंहदरबार प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले कोरोना भाइरसको महामारीका कारण सिंहदरबार प्रवेशमा कडाई गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता एवं सह–सचिव चक्र बहादुर बुढाले अत्यावश्यक काम बाहेकका व्यक्तिहरुलाई सिंहदरबार प्रवेशमा कडाई गरिएको जानकारी दिए । उनले अनावश्यक व्यक्तिलाई पास नदिने निर्णय भएको जानकारी दिए ।
‘कोरोना भाइरसको महामारीका कारण अत्यावश्यक काम बाहेकका व्यक्तिहरुलाई प्रवेश नदिने निर्णय गरेका छौं’, प्रवक्ता बुढाले काठमाण्डुपाटीसँग कुरा गर्दै भने, ‘काम भएका मिडियाका साथीहरु, कार्ड भएका कर्मचारीहरुलाई निषेध गरिएको होइन । जो काम बिना गैदिउँन, चिया खान गफ गर्न अथवा अनावश्यक रुपमा भेट गर्न आउनुहुन्छ उहाँहरुलाई भने प्रवेश दिइने छैन् ।
पछिल्लो समय सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारी, सेना प्रहरीलगायतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयले थप सजकता अपनाएको छ ।




प्रतिक्रिया