ओलीको ‘आइ एम द स्टेट, आइ एम द पार्टी’ भन्ने मनोगत शैलीले नेकपामा समस्या आयो: माधव नेपाल

ओलीको ‘आइ एम द स्टेट, आइ एम द पार्टी’ भन्ने मनोगत शैलीले नेकपामा समस्या आयो: माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पार्टी समस्यामा परेको बताएका छन् ।

काठमाण्डुमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने ओलीकै कार्यशैलीले पार्टी समस्यामा परेको बताएका हुन् ।

नेता नेपालले ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा मात्र सीमित गरियो । आइ एम द स्टेट आइ एम द पार्टी, भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आएको बताए ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताए ।