काठमाण्डुका ५७ सहित उपत्यकामा थपिए ६२ जना संक्रमित

काठमाण्डुका ५७ सहित उपत्यकामा थपिए ६२ जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाण्डु जिल्लाका ५७ र ललितपुरका पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

डा.गौतमका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डुका २७ जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ललितपुरका एक र काठमाण्डुका १४ जनामा संक्रमण पुष्टि भएकोे हो ।

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डुका ११ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डुका एक र ललितपुरका दुई जना, त्रिवि शिक्षण अस्पतालमा काठमाण्डुका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डुका दुई र ललितपुरका दुई जना, विआईडिएच प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाण्डुका एक जनामा संक्रमण देखिएको हो ।