सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ ।

बुधबार एक लाख १ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो । आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलामा १ लाख २ हजार रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी पनि आज तोलामा ५० रुपैयाँ बढेर १३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।