काठमाण्डु – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
शनिबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको हिमाली भू(भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादलमय मौसम छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा आंशिक बादलमय मौसम रहनेछ।
मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू(भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू(भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया