काठमाण्डु – कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने भएको छ ।
कोरोना भाएरस संक्रमण संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको हो ।
बोर्डले परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय रुपैयाँ मात्रै फिर्ता दिने निर्णय गरेको जानकारी दिएको छ ।
दुई सय रुपैंया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाइ लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने भन्दै उक्त रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने बोर्डले जनाएको छ ।




प्रतिक्रिया