काठमाण्डु – भारतमा आन्दोलन गरिरहेको ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके बेपत्ता भएका छन् ।
सीजेपीले आफ्ना संस्थापक नेता दीपकेलाई दिल्ली प्रहरीले बेपत्ता पारेको दाबी गरेको छ । सीजेपीले सामाजिक सञ्जाल एक्समा संस्थापक दीपकेलाई प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ।
एक्समा सीजेपीले लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवाहरूसँग आतंककारीजस्तो व्यवहार किन गर्छ ?’
सीजेपीले अभिजितलाई कहाँ लगिएको हो, स्पष्ट पार्न दिल्ली प्रहरीसँग माग पनि गरेको छ। शुक्रबार साँझ दिल्ली प्रहरीले अभिजित दीपकेलाई नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया