काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका अवसरमा शनिबार शपथ ग्रहण गर्दै छन् ।
सभापति थापाले शपथ ग्रहणसँगै पद बहाली पनि गर्नेछन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।
कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि कार्यक्रम तय गरिएको हो। शपथ ग्रहण तथा पद बहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्तालाई निमन्त्रणा गरेको छ ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ दसैँपछि हुनेछ । नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।


प्रतिक्रिया