काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान स्वाब लिइएर कोरोना परीक्षण गरिएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो ।
केही दिनअघि कोरोना भाइरस संक्रमितसँग बैठक गरेका ओलीलाई ‘क्लोज कन्ट्याक’ भन्दै शुक्रवार स्वाब नमूना लिइएको थियो ।
प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीसहित ७ जनाको स्वाब संकलन गरिएको थियो ।
उनीहरु सातै जनाको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया