कोरोना संक्रमित बढेपछि काठमाण्डुको हाँडीगाउँ क्षेत्र सिल

कोरोना संक्रमित बढेपछि काठमाण्डुको हाँडीगाउँ क्षेत्र सिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि हाँडीगाउँको कोटाल टोलमा सिल गरिएको हो ।

काठमाण्डु महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेका छन् ।

उक्त टोलमा गत बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परीवारको स्वाब संकलन गरी परीक्षण गर्दा परिवारका थप चार जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा शुक्रबार थप ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एउटै टोलका ११ जनामा संक्रमण पुष्टि भएपछि उक्त टोल सिल गरिएको अध्यक्ष डंगोलले बताए ।