शनिबार थपिए ३ सय ७८ जना संक्रमित, ४९९ जना डिस्चार्ज

शनिबार थपिए ३ सय ७८ जना संक्रमित, ४९९ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।