वीरगञ्ज – पर्साको वीरगञ्जमा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणका क्रममा नेपाल प्रहरीका ९ जनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष रहेका छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् । यस्तै नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।
यस्तै वीरगञ्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्ली र एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाको रहेको खुलेको छ । संक्रमित ५५ जनामध्ये २७ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।




प्रतिक्रिया