जुवातास खेल्दाखेल्दै २० जना पक्राउ

जुवातास खेल्दाखेल्दै २० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेल्दाखेल्दै २० जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख २२ हजार ६८० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा धनबहादुर समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १० हजार २५५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।