डिशहोमको ‘द स्ट्रिङ शो’ को पहिलो राउण्ड सम्पन्न

डिशहोमको ‘द स्ट्रिङ शो’ को पहिलो राउण्ड सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु – डिशहोमले सुरु गरेको डिजिटल ‘रेट्रो अंग्रेजी’ सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङ शो’ को पहिलो राउण्ड सम्पन्न भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका छन् ।

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए । उक्त गीतमध्येबाट १० जनालाई चाँडै नै छनौट गर्ने डिसहोमले जनाएको छ ।

सांगीतिक प्रतियोगीताको दोस्रो चरणमा सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गर्नेछन् । निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन् ।

दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धीविचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुने डिसहोमले जनाएको छ । तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनका लागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले उक्त सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिन सक्ने डिशहोमले जनाएकाे छ ।